शुक्रबार , अषोज ४, २०८१

धिरजप्रताप सिंह नेपाल प्रहरीको आइजी नियुक्त

image

काठमाडौं । एआइजी धिरजप्रताप सिंह नेपाल प्रहरीको आइजी नियुक्त भएका छन् । सहकर्मीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकलाई पन्छाउँदै सिंह आइजीमा नियुक्त भएका हुन् ।

सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख थिए । डिआइजी बन्ने क्रममा सहकर्मीहरुलाई उछिनेका पोखरेलसँग आइजीको दौडमा भने सिंहले बाजी मारेका हुन् । पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्व सरकारले एकल निर्णय गरेर एआइजी बनाएको थियो ।

यद्यपि प्रधानमन्त्री शेरबहादुर थापाको जोडबलका अगाडि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँणको केही लागेन । सिंह अन्ततस् आइजी नियुक्त भइछाडे । उनलाई आइतबारको क्याबिनेटले आइजी नियुक्त गरेको हो ।

प्रहरी नियमावली–२०७१ को नियम ४१ अनुसार एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्नसक्ने भनिएको छ । यसमा रोलक्रमभन्दा पनि प्रधानमन्त्री र गृहमन्त्रीको तजबिजी अधिकारले बढी अर्थ राख्छ ।

जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिए पनि यसको वस्तुगत मूल्यांकनको आधार भने नियमावलीले तय गरेको छैन । अहिलेका आइजी शैलेश थापासहित उनका ब्याची प्रहरीहरु ३० वर्षे सेवा अवधिका कारण आइतबार सेवानिवृत हुने भएकाले सरकारले सिंहलाई प्रहरी प्रमुख नियुक्त गरेको हो ।

५४ वर्षीय सिंह दैलेखको विजौरामा जन्मिएका हुन् । उनले कानुनमा स्नातक र मानविकीमा स्नातकोत्तर सकेका छन् ।

सम्बन्धित समाचार