आइतबार , अषोज २७, २०८१

सडक छेउमा झुन्डिरहेका केराका घरीहरू (फोटो फिचर)

image

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२, चामबासमा पुगेपछि तपाईँले सडक छेउका छाप्रामा लस्करै केराको घरी झुन्ड्याएकाे देख्न सक्नुहुन्छ । त्यस क्षेत्रमा केराको राम्रो खेति हुन्छ । स्थानीय किसानहरूले आफ्नो बारिमा उत्पादन भएको केरा आफैँले सडक छेउमा राखेर बेच्ने गरेका छन् । त्यहाँका किसानहरूको प्रमुख आम्दानीको स्रोत केरा हो ।

व्यापारीलाई दिनुभन्दा सडक छेउमा राखेर आफैले बेच्दा फाइदा हुने भएकाले अधिकांश किसानले सडक छेउमा छाप्रा बनाएर बेच्न बसेका छन् ।

दैनिक ७ हजारसम्मको व्यापार हुने गरेको उनीहरू बताउँछन् । केराको व्यापारबाट राम्रो आम्दानी गरिहेका उनीहरू निकै सन्तुष्ट देखिन्छन् ।

पृथ्वी  राजमार्गमा सवार यात्रुहरू उनीहरूका मुख्य ग्राहक हुन् ।

हेराैँ  तस्बिरहरू:  

 

सम्बन्धित समाचार