Photo by: फाइल तस्बिर
काठमाडाैं । सत्तारुढ गठबन्धनले धादिङको १३ वटै स्थानीय तहमा भागबन्डा टुंग्याएको छ । गठबन्धनले आईतबार धादिङका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख समेतको भागबन्डा टुंग्याएको हो ।
लामाे रस्साकस्सी हुँदा पनि जिल्ला स्तरका नेताहररूले भागबन्डामा सहमति गर्न नसकेपछि गठबन्धनकाे बागमती प्रदेश स्तरीय बैठकबाट भागबन्डा मिलाएकाे हाे । आईतबार नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँकाे अध्यक्षतामा बसेकाे सत्ता गठबन्धनकाे बैठकले थाक्रे बाहेक १२ स्थानीय तहकाे भागबन्डा मिलाएर पठाएकाे थियाे ।
त्यसलगतै बसेकाे जिल्लास्तरीय गठबन्धनकाे बैठकले सबै स्थानीय तहकाे भागबन्डा टुङ्ग्याएकाे हाे ।
जिल्लामा नेपाली काग्रेसले ८ वटा प्रमुख र ४ वटा उपप्रमुख, नेकपा माओवादी केन्द्रले ३ वटा प्रमुख र ५ वटा उपप्रमुख साथै जिल्ला समन्वय समितिको प्रमुख र एकीकृत समाजवादीले २ वटा प्रमुख र ४ वटा उपप्रमुखका साथै जिल्ला समन्वय समितिको उपप्रमुखमा भागबन्डा गरि तालमेलको लागी अन्तिम निर्णय गरेका हुन् ।
सहमति पत्रमा नेपाली कांग्रेसको तर्फबाट धादिङका कांग्रेस सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रबाट धादिङ जिल्ला ईञ्चार्ज शालिकराम जमकट्टेल र नेकपा एकीकृत समाजवादीबाट धादिङ जिल्ला इन्चार्ज गुरुप्रसाद बुर्लाकोटीले हस्ताक्षर गरेका छन् ।
१. निलकण्ठ नगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुखः नेकपा माओवादी केन्द्र
२. धुनिबेसी नगरपालिका
प्रमुखः नेकपा एकिकृत समाजवादी
उपप्रमुखः नेपाली कांग्रेस
३. खनियाबास गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
४. सिद्धलेक गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकिकृत समाजवादी
५. रुवीभ्याली गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
६. गंगाजमुना गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकिकृत समाजवादी
७. गल्छी गाउँपालिका
अध्यक्षः नेकपा एकिकृत समाजवादी
उपाध्यक्षः नेपाली कांग्रेस
८. गजुरी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
९. थाक्रे गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१०. ज्वालामुखी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकिकृत समाजवादी
११. त्रिपुरा सन्दरी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१२. नेत्रावती डवजोङ गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१३. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकिकृत समाजवादी
र
जिल्ला समन्वय समिति
प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेकपा एकिकृत समाजवादी
हेर्नुहाेस् सहमति पत्र :