शुक्रबार , अषोज ४, २०८१

युट्युबको त्यो पहिलो भिडियो, जसले इतिहास रच्यो

युट्युबमा अपलोड गरिएको पहिलो भिडियो "Me at the Zoo" नाम गरेको भिडियो अपलोड भएको थियो  । १८ सेकेन्डको यस भिडियो युट्युबका सह-संस्थापक जावेद करिमले  खिचेका थिए ।

image

सन् २००५ फेब्रुअरी १४ मा- स्टीभ चेन, चाड हर्ली र जावेद करिम, नामका तीन जना अमेरिकी ई-कमर्स कम्पनी पे-पल (PayPal) का पूर्व कर्मचारीहरूले एउटा भिडियो हाल्न मिल्ने वेभसाइट दर्ता गरे, जसको नाम ‘युट्युब (youtube)’ राखियो । भिडियो हाल्न मिल्ने वेभसाइट बनाउनुको मुख्य ध्येय मानिसहरूले आफ्नो ‘घरका भिडियोहरू’ दुनियाँ माझ साझा गर्न सकिओस् र सबैले हेर्ने सकुन् भन्ने थियो ।

युट्युब आधिकारिक रूपमा डिसेम्बर १५, २००५  मा सुरु भएको समयसम्म, हरेक दिन दुई मिलियन भन्दा बढी प्रयोगकर्ताले अपलोड भएका भिडियो हेरिसकेका थिए । जनवरी २००६ सम्ममा त्यो सङ्ख्या बढेर २५ मिलियन भन्दा बढी पुग्यो । साइटमा उपलब्ध भिडियोहरूको सङ्ख्या मार्च २००६ मा २२ मिलियन पुग्यो, जसमा दैनिक आधारमा २०,००० नयाँ भिडियोहरू अपलोड हुँदै थिए । २००६ को जुलाईसम्म, युट्युबले प्रतिदिन १०० मिलियन भन्दा बढी भिडियो देखायो । यसप्रकार, साइटमा अपलोड गरिएका भिडियोहरूको सङ्ख्या कम हुने कुनै सङ्केत देखिएन । एकपछि अर्को गर्दै भिडियोहरू अप्लोड भइरहे ।

यस्तो अवस्थामा कम्पनिसँग नयाँ भिडियोलाई कसरी स्टोर गर्ने भन्ने समस्या निम्तियो । कम्पनीले लगातार थप कम्प्युटर उपकरणहरू र इन्टरनेटमा वृद्धि गर्न सुरु गर्‍यो । युट्युबको वेबसाइटको व्यापारीकरण र यसको बढ्दो लागतहरू व्यवस्थापन गर्नका लागि कम्पनीसँग सिमित मान्छे र पूँजी भएकाले युट्युबले खरिदकर्ता खोज्न थाल्यो ।

२००५ मा अमेरिकी इन्टरनेट खोज इन्जिन कम्पनी Google Inc. ले आफ्ना प्रयोगकर्तालाई भिडियो सेवा दिनका लागि गुगल भिडियो  (Google Video) भन्ने भिडियो साइट सुरु गरेको थियो तर, यसमा  बेलाबेला प्राविधिक समस्या आउने, धेरै जाम हुने भएकाले असफल भयो । यसपश्चात् गुगल कम्पनीले नोभेम्बर २००६  मा  १.६५ बिलियन डलरमा  युट्युब खरिद गर्‍यो । हाल युट्युबसँग दुई बिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता छन् । यो विश्वको एक चोथाई सङ्ख्या हो ।

तथ्यांकअनुसार सबै विश्वव्यापी इन्टरनेट प्रयोगकर्ताहरूको लगभग ४३ प्रतिशत युजरहरू प्रत्येक महिना युट्युबको प्रयोग (पहुँच) गर्छन् । फेसबुकपछि युट्युब विश्वकै दोस्रो ठुलो सामाजिक सञ्जाल हो । अहिले आएर, विश्वव्यापीकरणमा युट्युबले ठुलो भूमिका खेलेको छ । साथै, शिक्षामा युट्युबको प्रयोगले खुला विश्वविद्यालयदेखि अनलाइन कक्षासम्मको अवधारणालाई विकास गरेको छ । सूचना, जानकारी र जनचेतनाका कामहरू अहिले युट्युबको माध्यमबाट गर्न सुरु भएको छ ।

सामाजिक सञ्जालका  रूपमा युट्युबले  वातावरणीय पक्ष, राजनीति पक्ष, मुद्दाहरूको बढ्दो दृश्यताले निक्कै ठुलो प्रभाव परेको छ । लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा पर्ने असरहरूलाई सार्वजनिक छलफल गराउने मेसो युट्युब बनिरहेको छ । जानकारी मूलक सूचनाहरू प्रभावित गर्दै, वकालत गर्नमा पनि युट्युबको अग्रणी भूमिका देखिएको छ ।

युट्युबको त्यो पहिलो भिडियो

युट्युबमा अपलोड गरिएको पहिलो भिडियो “Me at the Zoo” नाम गरेको भिडियो अपलोड भएको थियो । १८ सेकेन्डको यस भिडियो युट्युबका सह-संस्थापक जावेद करिमले  खिचेका थिए ।  भिडियो हालसम्म २२७ मिलियन भन्दा बढी पटक हेरिसकिएको छ ।

The Surprising Topic of First YouTube Video Posted 10 Years Ago Today - ABC News

आज युट्युबका तीन संस्थापकहरू कहाँ छन् त ? आउनुहोस्, जावेद करिम, चाड हर्ले र स्टीव सीह चेनका कुरा गरौँ;

१. जावेद करिम

गुगलको प्रमुख कार्यकारी अधिकृत भारतका सुन्दर पिचाई हुन् भन्ने कुरा धेरैलाई थाहै छ तर, युट्युबका निर्माणकर्ता मध्ये एक जावेद करिमको नाता पनि भारत र बङ्गलादेशसँग जोडिएको थाहा नहोला । उनका बाबु बङ्गलादेशी र आमा जर्मनी हुन् । युट्युब बेचिसकेपछि, जावेद करिमले जम्मा १,३७,४४३ शेयर प्राप्त गरेका थिए, जसको कुल सम्पत्ति लगभग १४ करोड डलर भएको थियो । अध्ययनका कारण जावेद युट्युबको व्यवस्थापन र काममा धेरै संलग्न थिएनन्, त्यसैले उनले अन्य दुई संस्थापकहरूको तुलनामा कम सेयर पाएका थिए ।

युट्युबपछि जावेदले आफ्नै नयाँ साइट सुरु गरे, जहाँ युवालाई बिजनेस र अनलाइन व्यापारबारे बुझाउने गरिन्थ्यो । पोलिजनडटकम (Polygon .com) का अनुसार करिमले आठ महिनाअघि आफ्नो युट्युब पेजमा रहेका सब्सक्राइबरहरू (४,३१,०००) लाई भिडियो स्ट्रिमिङ स्पेसमा (युट्युब) पुनरागमन गरौँ कि नगरौँ भनेर सोधेका थिए  । यसबारे कुनै  जानकारी आएको छैन । अहिले करिम कहाँ काम गर्दैछन् भन्नेबारे कुनै जानकारी उपलब्ध छैन ।  उनी युट्युब च्यानल बाहेक कुनै सामाजिक सञ्जालमा सक्रिय पनि छैनन् । विडम्बनाको कुरा के छ भने, मानिसहरूलाई अनलाइन भिडियोहरू हेर्नको लागि एउटा साझा ठाउँ बनाउने जिम्मेवार व्यक्ति आफैँ सबै सञ्जालबाट टाढा छन् ।

२. चाड हर्ले
चाड हर्ले, युट्युबलाई एउटा भिडियो कम्पनीको रूपमा देख्ने एक जिम्मेवार दिमाग थियो । यस्तो कम्पनि, जहाँ दुनियाँ भरिका मानिसले साझा रूपमा आफ्ना भिडियो हाल्न र हेर्न सकुन् । सम्पूर्ण युट्युब इलेक्ट्रोसिस्टमको (electrosystem) काममा उनै संलग्न भएकाले उनले नै गुगललाई युट्युब बेचेपछि प्राप्त गरेको शेयरको ठुलो भाग पाएका थिए । उनी सन् २००५ मा युट्युबको पहिलो सीईओको रूपमा नियुक्त पनि भएका थिए । २०१० मा हर्लेले पद त्याग गरे  ।  उनले २०१३ मा अर्को भिडियो साइट सुरु गर्ने निर्णय गरे, जसलाई मिक्सबिट् (MixBit) भनिन्छ । यो उनैका अर्का साथी  स्टीवन चेनसँग सहकार्यमा सम्पन्न भएको थियो । चाड हर्ले हाल मेजर सकर लिग (MLS) फुटबल क्लब, लस एन्जलस फुटबल क्लब र एनबिए (NBA) बास्केटबल टोलीका सह-मालिकहरू मध्ये एक हुन् ।
३. स्टीव सीह चेन

स्टीव सीह चेन युट्युबको संस्थापक मध्ये एक हुन् । चेन फेसबुकका पूर्व कर्मचारी पनि थिए, त्यसपछि उनले  अन्य दुई जना साथीसँग मिलेर भिडियो स्ट्रिमिङ प्लेटफर्म ‘युट्युब’ सुरु गरे । स्टीव चेन आफ्ना पुराना साथी  चाड हर्ले सँग मिलेर काम गरिरहेका थिए तर, २०१४ मा उनले चाड हार्लेको साथ छोडेर गुगलमा काम गर्न सुरु गरे, जहाँ  उनी एक सल्लाहकारको रूपमा काम गर्दै आइरहेका छन् ।

२०१६  मा, स्टीभ चेनले आफ्नै नोम (NOM) नामक अनलाइन साइट स्थापना गरेका थिए, जहाँ  खाना पकाउनेहरूको भिडियो र त्यो सम्बन्धी  सामाग्री राखिएको थियो ।  यो धेरै  आकर्षक नभएको भन्दै २०१७  मा बन्द हुन् पुग्यो ।  उनी सामाजिक सञ्जालमा उति सक्रिय छैनन् ।  उनले  यही वर्ष जनवरी ३० तारिखको अन्तिम फेसबुक पोस्टबाट सामाजिक सञ्जालमा सक्रियता देखाएका थिए ।

भिडियो

सम्बन्धित समाचार