सोमबार , भाद्र ३१, २०८१

म प्लेटो बोल्दै छु

image

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक सहरमा भएको थियो । प्लेटोले सुकरातबाट शिक्षा लिएका थिए । उनी ४२८/४२७-३४७/ मा जन्मिएको मानिन्छ ।  आज उनै प्लेटोका प्रेरक भनाइहरू प्रस्तुत छन् ;
 १. सोच्नु भनेको नितान्त आफ्नै आत्मासँग कुरा गर्नु हो ।
 २. शिक्षा भनेको हाम्रा सन्तानलाई राम्रा कुराको चाहना गर्न सिकाउनु हो ।
 ३. सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि विजय पाउनु हो ।
 ४. कसैले जति नै ढिला भए पनि निरन्तर केही न केही प्रगति गरिरहेको छ भने त्यसलाई निरुत्साहित पार्ने काम नगर, यदि तिमी स्वयं नै त्यो व्यक्ति हौ भने पनि ।
 ५. आफ्नो गुफाभन्दा बाहिर निस्किनु मेरो साथी हो, हो बाहिर केही चिसो छ, तर त्यहाँबाट आकाशका ताराहरू धेरै सुन्दर देखिन्छन् ।

Tags:

सम्बन्धित समाचार