बुधबार , अषोज ३०, २०८१

तस्बिरमा यसपालिको घोडे जात्रा… (फोटो फिचर)

image

आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा घोडे जात्रा मनाइएकाे छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडे जात्रा मनाउने गरिन्छ । नेपाली सेनाद्वारा आयाजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन् । नेपाली सेनाकाे परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले जात्राकाे अवलाेकन गरेकी छन् ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

टुँडिखेलमा सेनाले घोडेजात्राको बढाइँ गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारीबालीको बिउ रोप्ने चलन छ । आज ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडे जात्रा मनाउने मनाइएको छ । सरकारले आज काठमाडाैं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

नपाली सेनाले आज टुँडिखेलमा घोडा दौड (अश्वकला), युद्धकला, शारीरिक व्यायाम, साइकल कुदाउने लगायतका कलाहरू प्रदर्शन गरेका छन् ।

हेरौँ तस्बिरहरू :

Tags:
army

सम्बन्धित समाचार