बुधबार , अषोज ३०, २०८१

सुरू भयो पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन (तस्बिरहरू)

image

पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि हुने सम्भावना बढेपछि पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लर्काे देखिन थालेको छ । अत्यधिक मूल्य वृद्धि भएको भन्दै पेट्रोलियम डिलरहरूले निगमसँग पेट्रोल किन्न नसकिने बताउँदै आएको छ भने निगमले घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको खपत घटाउनुपर्ने बताएको छ ।

केहीदिन अघि निगमले सरकारसँग इन्धनको खपत घटाउन सवारी साधनमा जोरविजोर गर्न र हप्तामा दुई दिन सार्वजनिक बिदा दिन समेत माग गरेको थियो ।

यसैबीच हिजो शुक्रबार भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजेलमा ०.०२ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ, हवाइ ईन्धनमा ४.२३ रुपैयाँ बढेको छ । त्यस्तै, पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको को छ ।

काठमाडौंको भद्रकालीस्थित पेट्रोल पम्पमा लागेको लाइन हो यो । सो पम्पले शनिबार विहान ८ बजेदेखि १२ बजेसम्म मात्रै पेट्रोल दिने भनेको छ । अन्य दिनमा विहान ६ बजेदेखि साँझ ८ बजेसम्म पेट्रोल दिने भएको छ । अहिले एक जनाले जम्मा पाँच लिटर मात्रै पेट्रोल पाउने भद्रकाली पेट्रोल पम्पले जारी गरेको सूचनामा उल्लेख छ ।

Tags:
army

सम्बन्धित समाचार